About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुमल्ला, ५ भदौ
वृक्षरोपण गरेर त्यसलाई संरक्षण नगर्ने हाम्रो समाजको पुरानै चलन हो । वर्षेनि वृक्षरोपण कार्यक्रम गरिन्छ तर त्यसको गोडमेल र संरक्षणमा कसैले चासो दिँदैन । तर, यो प्रथाको अन्त्य गर्दै झापा र मोरङका चार वटा लायन्स क्लबले आफूहरुले वृक्षरोपण गरेको स्थानका बिरुवाहरुको गोडमेल गरेका छन् ।
गत जुलाई ३ मा लायन्स क्लबहरुले मिक्लाजुङ–७ मा मावा नुनसरी सामुदायिक वन क्षेत्रमा विभिन्न जातका करिब दुई सय फलफूल लगायत अन्य जातका बिरुवा रोपेका थिए । रोपिएका बिरुवाको हेरचाह र त्यसको संरक्षणलाई निरन्तरता दिँदै बिरुवाहरुको गोडमेल गरिएको लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष कोमल ढकालले बताए ।
मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले वृक्षरोपण कार्यक्रम राम्रो काम भएको त्यसमा पनि समय समयमा बिरुवाको गोडमेल निरीक्षण गर्नु झनै राम्रो कार्य भएको बताए । सो अवसरमा लायन्स क्लबका जोन चेयर पर्सन रोशन बुढाथोकीले सेवाको भावनाका साथ स्थापित लायन्स क्लबले वृक्षरोपण गरी वातावरणको क्षेत्रमा राम्रो काम गरेको बताए । साथै यस्ता सेवा भावका थुप्रै कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गर्दै समाज, देश र राष्ट्रको सेवामा लागि पर्न लायन्स क्लबहरुलाई आह्वान गरेका थिए । लायन्स क्लब मधुमल्ला, दमक युनाइटेड, माउण्ट एभरेष्ट दमक र डायनामिक दमकको संयुक्त आयोजनामा गोडमेल गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय