About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, आफ्नो र अरुको पनि स्वास्थ्यको लागि सबैले आआफ्नो तर्फबाट आवश्यक भूमिका निभाउन गर्नुपर्नेमा जोड दिदै बायो–इथिक्स दिवस मनाइएको छ । बायो–इथिक्स नेपाल इकाईबाट वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय सेमिनार सहित दुईदिने कार्यक्रम सम्पन्न गरिएको नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रा.डा.धनरत्न शाक्यका अनुसार पहिलो दिन बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजाको प्रमुख आतिथ्यतामा १० भन्दा बढी देशका सहभागिहरु बिच भर्चुअल सेमिनार भयो । सेमिनारलाई प्रमुख अतिथि प्रा डा रसेल डिसुजा तथा विज्ञ बक्ताहरु पाकिस्तानका प्रा.डा. रानो मल पिर्यानी, चिकित्सा शिक्षा आयोगका प्रमुख प्रा.डा. संघरत्न बज्राचार्य, वीर अस्पतालका प्रा.डा. रविराम श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी नमिता घिमिरे लगायतले बायोइथिक्सको महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराका विविध पक्षमा वोल्नुभयो । सेमिनारमा सदस्य डा. अशोक ऐरले धन्यवाद ज्ञापन गर्नुभयो । नेपालगञ्ज मेडिकल कलेजक विद्यार्थी संकायकी डा. कन्चन देवकोटाले संक्षेपमा वायो विवरण सुनाउनुभयो । सोही अवसरमा अन्तर्राष्ट्रिय जुनियर डक्टर्स एसोसिएसनको उद्घाटन गरिएको छ ।
दोश्रो दिन, प्रतिष्ठानको वीपी प्रतिष्ठानमा समापन समारोह भयो । कार्यवाहक शिक्षाध्यक्ष÷ परीक्षा डिन प्रा.डा. श्याम थापा क्षेत्री र शैक्षिक डिन शिवेन्द्र झाको आतिथ्यमा समापन समारोह भएको हो ।समारोहमा नेपाल इकाइका वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्य, डा. सरुन कोइराला, प्रतिष्ठानको विद्यार्थी संकायका हेड सल्मान हैदर बोल्नुभयो । दोश्रो खण्डमा बक्ताहरु प्रा.डा. बालकृष्ण भट्टराई, डा. रविन मास्के, राजेश ज्ञवाली, डा. सूर्यप्रसाद पराजुली, खेमचन्द्र सुबेदी र डा. आयूष आनन्द लगायतबाट स्वास्थ्य, शिक्षा, अनुसन्धान, दन्तचिकित्सा, कानून, जनसमुदाय र मानसिक स्वास्थ्य लगायतका बिषयमा जानकारीमूलक प्रस्तुती रहयो । दिवसका अवसरमा भएको फोटो प्रतियोगितामा अपेक्षा उप्रेती (वी.पी.को.स्वा.वि. प्रतिष्ठान) र अफ्रोज (वी.पी.को.स्वा.वि. प्रतिष्ठान); मूभिमा ओसन पराजुलीको टिम (विराट मेडिकल कलेज), निबन्धमा रिचा कोइराला (वी.पी.को.स्वा.वि. प्रतिष्ठान), डा. कञ्चन देवकोटा (नेपालगञ्ज मेडिकल कलेज); कवितामा जेनिसा परियार (विराट मेडिकल कलेज) र साकार शर्मा (नेपालगञ्ज मेडिकल कलेज), आर्ट पोस्टरमा रिचा कोइराला (वी.पी.को.स्वा.वि. प्रतिष्ठान) र पुनम बुढाथोकी (नेपालगञ्ज मेडिकल कलेज) तथा अनुसन्धान पोष्टरमा सिद्धार्थ गुप्ताको टिम (वी.पी.को.स्वा.वि. प्रतिष्ठान) पुरस्कृत भए् ।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय