About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ कार्तिक
ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही तीब्र पारेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो त्रैमासिक अवधिमा ८ लाख २३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरी उक्त रकम राजश्व संकलन गरिएको ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका प्रमुख प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार साउन महिनामा २ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । साउनमा सवारी नियम उल्लंघन गर्ने ट्रक टिपर ९५, बस २१, कार, जिप ८०, ट्याकटर २१, मोटरसाइकल ११४, सिटी, टेम्पो १९ वटा कारबाहीमा परेका छन् ।
यस्तै, भदौमा ट्रक, टिपर ११३, बस २१, कार, जिप ९०, ट्याक्टर २६, मोटरसाइकल १३७, सिटी, टेम्पो १३ वटालाई कारबाही गरी २ लाख ८१ हजार रुपैयाँ राजश्व जम्मा भएको प्रमुख पोखरेलले बताए । यस्तै, असोज महिनामा ट्रक, टिपर १२८, बस ५२, जिप, कार १००, ट्याक्टर २४, मोटरसाइकल १७०, टेम्पो, सिटी २५ र अन्य १ सवारी साधनलाई कारबाही गरी ३ लाख १६ हजार ५ सय रुपैयाँ जम्मा भएको छ । यो तीन महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३७ जना कारबाहीमा परेका छन् ।
यो अवधिमा केही सामान्य दुर्घटना भएपनि यस क्षेत्रमा सवारी दुर्घटनाका कारण कसैको मृत्यु भएको छैन । ट्राफिकले जनचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आएको प्रमुख पोखरेलले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय