
उर्लाबारी, ४ कार्तिक
मंसिर–४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनाव प्रचारप्रसारका लागि मोरङ क्षेत्र नं. १ मा सत्ता गठबन्धनले प्रचार समितिको कार्यालय उद्घाटन गरेको छ । उर्लाबारी–४ स्कुलडाँडामा स्थापना गरिएको कार्यालयको एक कार्यक्रमका बिच नेपाली काँग्रेस प्रदेश–१ का सहमहामन्त्री खड्ग फागोले उद्घाटन गरेका हुन् ।
सो अवसरमा सहमहामन्त्री फागोले गठबन्धन संविधानको रक्षाका लागि भएका कारण ढुक्कसँग गठबन्धनमा आबद्ध दलहरूको रुख, गोलाकार भित्रको हसिया हथौडा र कलम चुनाब चिन्हमा मतदान गर्न आग्रह गरे ।
गठबन्धनले मोरङ क्षेत्र–१ को मुख्य कार्यालय उर्लाबारीमा खोलेको हो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता डिगबहादुर लिम्बू प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन् भने प्रदेश सभातर्फ मोरङ–१ (१) मा माओवादीका कुलप्रसाद साम्बा ( कुशल) र मोरङ–१ (२) मा एकीकृत समाजवादीका उपेन्द्रप्रसाद घिमिरे उम्मेद्वार रहेका छन् ।