About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

हल्दिबारी, २ कार्तिक
झापाको हल्दिबारी गाउँपालिकाका उपभोक्ताले १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । खानेपानी धारा जडान गरिएका घरधुरीमा निःशुल्क खानेपानी उपलब्ध गराउने विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ र खानेपानी उपभोक्ता तथा सरसफाई समिति हल्दिबारी–४ का अध्यक्ष नवराज खरेलबीच आज सम्झौता भएको छ ।
हल्दिबारी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमबाट स्वीकृत ‘हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी’ कार्यक्रम अन्तर्गत गत भदौ ९ गतेको कार्यपालिकाको निर्णय अनुसार खानेपानी धारा जडान गरिएका सबै घरधुरीलाई १० हजार लिटरसम्म निःशुल्क खानेपानी कार्यक्रमको सम्झौता भएको हो ।
कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन पश्चात अब हल्दिबारीका खानेपानी उपभोक्ताले १० हजार लिटरसम्म पिउने पानी निःशुल्क प्रयोग गर्न पाउने प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए । यसबाट नागरिकहरुलाई राहत महसुस हुने अपेक्षा गरिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय