About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ कार्तिक
नेकपा एमालेबाट मोरङ क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्य पदका उम्मेद्वार उमाकान्त गौतम यतिखेर जनताको घरदैलोमा छन् । मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेद्वार बनेका गौतम जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या र गुनासो सुन्दै छन् ।
निर्वाचन क्षेत्रका घर घरमा पुगेका उनलाई उर्लाबारी र मिक्लाजुङबासीले स्वागत गरेका छन् भने गौतमले मतदातासँग आत्मीयता साटिरहेका छन् । मोरङ क्षेत्र नं. १ (१) मा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका वडा नं. २, ३, ६, ७, ८ र ९ गरी १५ वडा पर्दछन् ।
लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका गौतम एमालेभित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित छन् । उर्लाबारी निवासी गौतमले नेकपा एमालेको वडा, गाउँ, नगर, क्षेत्रलगायतका कमिटीमा विभिन्न पदमा कार्य गरेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय