About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भद्रपुर, २ कार्तिक
नेपाली काँग्रेसका नेता तथा झापाको भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मल्लिकलाई पार्टी प्रवेश गराएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
भद्रपुर नगरपालिकाका वडा नं. ९ र १० बाहेक सबै वडा क्षेत्र नं. ३ मा पर्छन् । यो क्षेत्रबाट आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाबाट राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय