About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

          झापा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने बताउनु भएको छ । झापाको धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले प्रत्यक्ष १०० र समानुपातिकमा ५० सिट जित्ने दाबी गर्नुभएको हो ।अध्यक्ष ओलीले वढदो जनलहर, गुट नभएको र सरकारमा छँदा गरेका कामले एमालेको पक्षमा माहौल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार दुई दिनको घामछाँया जस्तै हो । म्यादी प्रहरीको भन्दा छोटो छ समय । मंसिर ४ आयो कि गठबन्धन सरकार गयो ।’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनु भएको छ ।धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र–३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय