
उर्लाबारी, ३१ असोज
मोरङ क्षेत्र नं. १ का निवर्तमान सांसद तथा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार घनश्याम खतिवडा यस क्षेत्रमा आफ्नो पहलमा भएका विकासका कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । २०७४ सालमा निर्वाचित भएयता पाँच वर्षको अवधिमा आफ्ना पहलमा भएका कार्यहरुको पुस्तिका प्रकाशित गर्दै खतिवडाले यस क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको बताएका छन् ।
यस क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलगायत समग्र क्षेत्रमा भएका विकासका कार्यहरु उनले बुँदागत उल्लेख गरेका छन् । हेर्नुहोस्, मोरङ १ का निवर्तमान सांसद घनश्याम खतिवडाको पहलमा भएका विकासका कार्यहरुको विवरणः