
कानेपोखरी, मोरंग क्षेत्र नम्बर ३ का २६ वडामा नेकपा एमालेले वडाभेला सकेर टोल भेलाहरु जारी राखेको छ । कानेपोखरी वडा नम्वर ८ को बिकट टोल सुन्टोलीमा भएको भेलामा युवाको प्रतिनिधित्व गर्दै स्थानीय युवा किरण सुन्दासले भन्नुभयो “अघि वढनुस भानुभक्त ढकाल हामी साथमा छौ ।” कानेपोखरी वडा नम्वर ६ को बिकट टोलहरुमा टोल भेला सम्पन्न भएका छन । यस्तै वडा नम्वर ४ मा चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कानेपोखरी वडा नम्वर ४ मा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालले एमालेको सकार बनेपछि सुकुम्वासीलाई धनीपूर्जा प्रदान गरिने बताउनुभएको छ । अघिल्लो चुनावमा गरिएको प्रतिवद्धता बमोजिम सुुकु्म्वासीलाई लालपूर्जा प्रदान गर्न आफू कानुन मन्त्री हुदाँ कानुन निर्माण गरिएको बताउनुभयो । नेपालको इतिहाँसमै जग्गा दिने कानुन संसदबाट बनाएको पहिलो पटक भएको उहाँले स्मरण गराउनुभयो । कानुनको अभावमा यस अघि १७ पटक बनेका सुकुम्वासी समस्या आयोगले सुकुम्वासीलाई लालपूर्जा प्रदान गर्न नसकेकाले यो समस्यालाई दीर्घकालिन ढंगले समाधान गर्न कानुन निर्माण गरिएको बताउनुभयो । उहाँले कानुन निर्माण गरेर सुकुम्वासी समस्या समाधान आयोग समेत गठन गरि आयोगले आफनो काम अगाडी वढाईरहेको बेला परमादेशबाट सरकार ढलेका कारण पूर्जा बितरण गर्न नसकिएको बताउनुभयो । पाँच बर्ष सम्म सरकार टिकेको भए सुकु्म्वासीको नाममा भोट माग्ने कार्यको अन्त्य हुने थियो उहाँले भन्नुभयो । कानुन पास भएको दिन नेपाली काँग्रेसले बिपक्षमा मतदान गरेको स्मरण गराउदै अहिले नेपाली काँग्रेसनै सुकुम्वासीका अनुयायी भएजस्तो गरिरहेकाले जनतालाई वास्तविकता वुझन आग्रह गर्नुभयो । उहाँले गतचुनावमा आफू प्रचारमा आउदा कानेपोखरीमा पूर्व पश्चिम हाइवेले छुने ठाँउमा मात्र कालोपत्रे भएको अहिले कानेपोखरीमा ५७ किलोमिटर कालोपत्रे भएको छ के यो बिकास हैन ? उहाँले प्रश्न गर्नुभयो । यस्तै आफू स्वास्थ्यमन्त्री हुदाँ निर्णय गरेर कानेपोखरीमा १५ शैयाको अस्पताल निर्माण भइरहेको उहाँले बताउनुभयो । जनतालाई भ्रमित बनाउने गरि बिपक्षीले फैलाउने अफवाह देखि सचेत रहन एमाले उम्मेदवार ढकालले आग्रह गर्नुभयो ।कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार दिलिप कुमार राईले जनताको शीर नझुक्ने गरी कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।मोरग क्षेत्र नम्वर तीनका टोल टोलमा टोल भेलाहरु भइरहेका छन । यसैक्रममा कानेपोखरी वडा नम्वर ६ को बिकट टोलहरुमा टोल भेला सम्पन्न भएका छन ।