About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ असोज
नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला सचिवालय सदस्य तथा उर्लाबारी नगर इञ्चार्ज मनोरथ भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज उर्लाबारीमा आयोजित एमाले नगर कमिटीको पूर्ण बैठकमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, मोरङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडालगायतले भण्डारीलाई पार्टीमा स्वागत गरे ।
सो अवसरमा मन्तव्य राख्दै भण्डारीले चोइटिएको पार्टीमा ठूलो पदमा बस्नुभन्दा ठूलो पार्टीमा सानो पदमा बस्नु उपयुक्त ठानेर एमालेमै फर्किएको बताए । उनले भने, ‘बिचमा अल्मलिएँ । अहिले घर फर्केँ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय