About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २८ असोज
चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । सुनसरी क्षेत्र नं १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–१ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धबाट नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेको समर्थनमा जसपाको तर्फबाट जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीले फत्तबहादुर खडकालाई उम्मेदवार बनाएको छ । त्यसैगरी किरात खम्बुवान साझा पार्टीले देवीबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनले प्रेमबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुब्बा, जनसमाजवादी पार्टी नेपालले मङगलसिंह लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीेले गोमा तामाङलाई उम्मेदवार बनाएको छ ।
स्वतन्त्रबाट मनोजकुमार मेयाङ्बो, मातृकाप्रसाद भट्टराई, कृष्णकुमार राई, तर्कबहादुर मगर, जीवनकला राई, कुमार कार्की, वासुप्रसाद उपाध्याय, विजयकुमार राई, सञ्जयकुमार राई, कुलबहादुर लिम्बू र करुणा राई उम्मेदवार छन् ।
त्यसैगरी सुनसरी क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा एमालेले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनले कांग्रेसका सीताराम मेहतालाई उम्मेदवार बनाएको छ । राप्रपाले दिनेशकुमार बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुमताज मियाँ, जनमत पार्टीले रामानन्द मेहता, मौलिक जरोकिलो पार्टीले रोहितकुमार दुलाल, हाम्रो नेपाली पार्टीले राजेश चौधरी, नागरिक उन्मुक्ति पार्टीले दीपकराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले रामेश्वर साहु हल्वाई, मङ्गोल नेशनल अर्गनाइजेसनले पूर्णबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नैनकुमार विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीले नुनुराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी पुष्पलालले शोभावतीकुमारी चौधरी, विवेकशील साझा पार्टीले विजयकुमार बस्नेत, जनसमाजवादी पार्टी नेपालले गजेन्द्रबहादुर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट ललनकुमार मेहता, शर्मानन्द खतिवडा, विदुरप्रसाद पौडेल, चेतनाथ पौडेल, बविता नुन्दी, मनोजकुमार मेहता, सुरेशकुमार मेहता, श्रवणकुमार मेहता, फरेन्द्र शाह, बाबुराम सुवेदी र प्रेमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं ३ मा एमालेबाट भगवती चौधरी र कांग्रेसबाट विजयकुमार गच्छदारले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देवनारायण यादव, मौलिक जरोकिलो पार्टीका रामेश्वर थापा, हाम्रो नेपाली पार्टीका यज्ञबहादुर कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी रिषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीका साहाउद्दिन मियाँ, कांग्रेस बिपीका अम्बरबहादुर राउत, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका कुन्दन बहरदार, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पनि उम्मेदवारी दिएका छन् ।
यो क्षेत्रमा स्वतन्त्रबाट किशोरकुमार विश्वास, कासनी थरुनी, फागु यादव, गङ्गाकुमारी खरेल, मुकेशप्रसाद ढकाल, सज्जन ऋषिदेव, सुधादेवी उराँवनी, कुमारी उरावँ, स्मित कार्की, सुमनकुमारी चौधरी र सहिमुद्दिन मियाँले उम्मेदारी दिएका छन् ।
यसैगरी क्षेत्र नं ४ बाट एमालेका जगदीशप्रसाद कुसियैत, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीका अर्जुनप्रसाद भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कुञ्जीलाल यादवले उम्मेदवारी दिएका छन् । जनमत पार्टीका देवराम यादव, जनता प्रगतिशील पार्टी नेपालका गुलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका कुमार राई, नेपालका लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सत्यनारायण राम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहमद सदिक मियाँ, एकीकृत शक्ति नेपालका गोपाल नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै, स्वतन्त्रबाट समिर मंसुरी, धिरज वर्मा, केशव उराँव, फेकन दास मोची, बिद्यानन्द प्रसाद साह, खालिद हुसेन हक, श्याम प्रसाद ढकाल, केशव कार्की, डिल्लीबहादुर बिष्ट, मनोजकुमार मण्डल, बालेश्वर यादव र अब्दुलजब्बार अंसारीले उम्मेद्वार बनेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय