About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ असोज

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङबाट १०५ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार मोरङका ६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं. ३ मा ३१ जना उम्मेद्वार छन् । यस्तै, क्षेत्र नं. १ मा १४, क्षेत्र नं. २ मा १३, क्षेत्र नं. ४ र ५ मा १६÷१६ र क्षेत्र नं. ६ मा १५ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।
यी उम्मेद्वार मध्ये विभिन्न पार्टीबाट ६१ जना र स्वतन्त्र ४४ जना रहेका छन् । क्षेत्र नं. ३ मा १९ जना स्वतन्त्र उम्मेद्वार खडा भएका छन् । क्षेत्र नं. १ मा ५, २ मा ३, ४ मा ६, ५ मा ८ र ६ मा ३ जना स्वतन्त्र उम्मेद्वार छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय