About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ साउन
मोरङको उर्लाबारी नगरपालिकाले एक सातासम्म पूर्ण लकडाउन गर्ने भएको छ । आज नगरपालिकामा बसेको विपद व्यवस्थापन केन्द्रको बैठकले साउन १२ गते मध्यराति १२ बजेदेखि १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख खड्ग फागोले बताए ।
कोरोना संक्रमणको जोखिम बढेपछि एक सातासम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय भएको उनले बताए । बैठकले लकडाउनको अवधिमा औषधिजन्य पसल, अस्पताल, फोहोरमैला व्यवस्थापन, दुध डेरी र खानेपानी उद्योगबाहेक अन्य सबै पसल, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै, विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालयको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई स्थानीय प्रहरी प्रशासनबाट प्रवेश पत्रको जाँचबुझ गरी सहजरुपमा परीक्षा हलसम्म जान अनुमति दिइने भएको छ । बैठकले राहत वितरणका लागि नगरपालिकाको कार्यालयबाट नगर क्षेत्रमा अनिवार्य रुपमा एकद्धार प्रणालीको अवलम्बन गर्ने, नगरपालिकासँग समन्वय नगरी, अनुमति नलिई राहत वितरण गरेमा कारबाहीको दायरामा ल्याइने निर्णय गरेको छ ।
लकडाउनको अवधिमा नगरपालिकाको कार्यालय र सो अन्तर्गत रहेका वडा कार्यालयहरुको दैनिक प्रशासनिक सेवा बन्द गर्ने तथा नगरपालिकाका स्वास्थ्य शाखा, भेटनरी शाखा तथा अत्यावश्यक सेवा जारी रहने जनाइएको छ । कोरोना संक्रमण बढ्दै जाँदा उर्लाबारी नगरपालिकाले औषधीजन्य सामग्री खरिद र अस्पताल सेवा बाहेक घर बाहिर ननिस्कन तथा अतिआवश्यक सेवाका लागि घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय