About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ असोज
उर्लाबारी–१ स्थित लक्ष्मी आधारभुत विद्यालयका शिक्षक नगेन्द्रप्रसाद कोइरालाको सवारी दुर्घटनामा मृत्यु भएको छ । आज झापाको कनकाई नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक उर्लाबारी–४ किसान चौक घर भएका कोइरालाको मृत्यु भएको हो ।
बिहान ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कोइरालाको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय