
दुहबी, २६ असोज
नेकपा एमालेले सुनसरी क्षेत्र नं. ३ मा निवर्तमान प्रदेशसभा सदस्य लिलम बस्नेतको संयोजकत्वमा १ हजार ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । दुहबीमा सम्पन्न बिस्तारित बैठकले संघमा भगवती चौधरी र प्रदेशमा रोहितबहादुर कार्की र रामदेव यादवलाई बिजयी बनाउन निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं ३ की एमाले उम्मेद्वार भगवती चौधरीले सुनसरी ३ का जनता एमालेलाई जिताउन आतुर रहेको बताइन् । उनले भनिन्, ‘जनता परिवर्तनका पक्षमा छन्, जिताउन आतुर छन्, धाँधली नहोस् ।’ एमाले केन्द्रीय सदस्य तैहव हुसेनले जनताले दिएको मत जोगाउन सजग रहनुपर्नेमा जोड दिए ।
निर्वाचन परिचालन समिति संयोजक लिलम बस्नेतले चुनावी महासंग्राममा कृष्ण बनेर जिताउन लागि पर्ने प्रतिवद्धता जनाए । प्रदेश सांसदका उम्मेदवार रोहितबहादुर कार्की र रामदेव यादवले विकास र सम्वृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रममा क्षेत्रीय संयोजक रेवती घिमिरेले १ हजार ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरे ।



