About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेद्वारी दर्ताको मिति तोकेको छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारले मनोनयन गर्ने कार्यक्रम राखिएको छ ।
उम्मेद्वारी दर्ताका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको आयोगले जनाएको । शनिबार पत्रकार सम्मेलन गर्दै आयोगले भनेको छ ‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाति समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय