About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ असोज
सत्ता गठबन्धनको भागवण्डामा मोरङमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ तीन क्षेत्र पाएको नेकपा माओवादी केन्द्रले पुरानै अनुहारलाई निरन्तरता दिएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डललाई टिकट दिएको छ । अघिल्लो संसदीय निर्वाचनमा मोदी र मण्डल सोही क्षेत्रमा निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा मोरङ १ (१) बाट निर्वाचित कुलप्रसाद साम्बालाई माओवादीले पुनः सोही क्षेत्रबाट उम्मेद्वार बनाएको छ । यस्तै, क्षेत्र नम्बर २ (१) बाट माओवादी केन्द्र प्रदेश १ कमिटी सचिव गणेश उप्रेती र क्षेत्र नम्बर ६ (१) जीवन आचार्यले टिकट पाएका छन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् । उप्रेती र आचार्य अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा पराजित भएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय