
उर्लाबारी, २२ असोज
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मोरङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियारहरू प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।
जिल्ला प्रकाशन कार्यालय मोरङले आज एक सूचना प्रकाशित गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७९ कार्तिक ४ गतेभित्र नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरेको छ ।
सूचनाको उल्लंघन गरी हतियार नबुझाएमा प्रचलित कानुन बमोजिम हुने प्रशासनले जनाएको छ । साथै, संकलित हातहतियारहरुको लगत जिल्ला प्रहरी कार्यालय मोरङमा राखिने बताइएको छ ।