About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ असोज
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताए ।
परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको खड्काले बताए । लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए ।
नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए । ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए । उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो । सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उनले २०७४ सालमा आम माफी पाएका थिए । नेपालप्रेसबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय