About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २२ असोज
नेपाली काँग्रेसले प्रदेश १ मा प्रतिनिधिसभाका १३ निर्वाचन क्षेत्रमा उम्मेद्वारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले देशभरका ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउँदा प्रदेश १ का १३ निर्वाचन क्षेत्रको उम्मेद्वार तय गरेको हो । सत्ता गठबन्धनको भागबण्डा अनुसार प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले १८ क्षेत्रमा उम्मेद्वारी दिने तय भएको छ । अब यो प्रदेशका इलाम २, झापा ५, मोरङ २ र ३ तथा सुनसरी २ मा उम्मेद्वार तय गर्न बाँकी छ ।
यी हुन् प्रदेश १ बाट प्रतिनिधिसभातर्फका उम्मेद्वार
तेह्रथुम – सीता गुरुङ
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनिल थापा
संखुवासभा – दीपक खड्का
ओखलढुंगा – रामहरि खतिवडा
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३ – कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
मोरङ १ – डिगबहादुर लिम्बू
मोरङ ६ – डा. शेखर कोइराला
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ डा.नारायण खड्का

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय