
काठमाडौं, २१ असोज
सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति भएको छ । जसअनुसार प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसलाई १८, नेकपा माओवादी केन्द्रलाई ८ र नेकपा एसलाई २ क्षेत्र छुट्याइएको छ ।
नेकपा एसको भागमा इलाम १ र उदयपुर २, नेकपा माओवादी केन्द्रको भागमा ताप्लेजुङ, झापा २, भोजपुर, मोरङ क्षेत्र नं. ४ र ५, सुनसरी क्षेत्र नं. १, सोलुखुम्बु र खोटाङ परेको छ । यस्तै, नेपाली काँग्रेसको भागमा पाँचथर, इलाम क्षेत्र नं. २, झापा क्षेत्र नं. १, ३, ४, ५, मोरङ क्षेत्र नं. १, २, ३, ६, सुनसरी क्षेत्र नं. २, ३, ४, संखुवासभा, तेह्रथुम, धनकुटा, ओखलढुंगा र उदयपुर क्षेत्र नं. १ परेको छ ।



