About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उर्लाबारीमा मोरङ क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उर्लाबारी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, निर्वाचन अधिकृत गोपाल थापा, नेपाली काँग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, राप्रपा नगर अध्यक्ष देवीप्रसाद दाहाल, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा अन्तर्गत मोरङ क्षेत्र नं. १ र प्रदेशसभाको क्षेत्र नं. १ (१) र १ (२) को निर्वाचनको सम्पूर्ण काम यही कार्यालयबाट सम्पन्न हुने निर्वाचन अधिकृत गोपाल थापाले जानकारी दिए । जसका लागि निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत थापासहित ८ जना कर्मचारी खटिएका छन् । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्ष निर्वाचनको उम्मेदवारी दर्ताको समय तोकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय