About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० असोज
ताप्लेजुङको साविक चाँगे गाविस थातथलो भई झापाको दमक र मोरङको उर्लाबारीमा बसोबास गर्दै आएका चाँगेलीहरुको बृहत भेला हुने भएको छ । यही असोज २९ गते चाँगे दमक उर्लाबारी सम्पर्क मञ्च नेपालको शुभकामना आदानप्रदान तथा अधिवेशन हुने भएको हो ।
झापाको कमल गाउँपालिका–३ सानो केर्खामा हुने उक्त कार्यक्रमलाई भव्य बनाउन विभिन्न उपसमिति गठन गरिएको संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले जानकारी दिए । जसअनुसार आर्थिक उपसमिति संयोजकमा प्रकाश आङ्बुहाङ, सांस्कृतिक उपसमितिमा दिलिप साम्रा लिम्बू, स्वयम्सेवक उपसमितिमा शंकर थपलिया, अतिथि सत्कार उपसमितिमा होम गौतम र खेलकुद उपसमितिमा देउमान लिम्बूलाई संयोजक तोकिएको छ ।
विविध सांस्कृतिक कार्यक्रमका साथ हुने भेलामा ८० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान, नयाँ नेतृत्व चयन लगायतका कार्यक्रम रहेको अध्यक्ष विजय आङ्बुहाङले बताए । चाँगे थातथलो भएर झापा र मोरङमा बसोबास गर्दै आएका चाँगेलीहरुबीच सुखदुःखमा साथ दिन संस्था स्थापना गरिएको अध्यक्ष आङ्बुहाङले बताए । अध्यक्ष विजय आङ्बुहाङले संस्थाको भवन निर्माणका लागि १ कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान गरेको र उक्त जग्गामा चाँगे दमक उर्लाबारी सम्पर्क मञ्चको कार्यालय भवन निर्माण गर्ने संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय