About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ असोज
उर्लाबारीकै पुरानो विद्यालय सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी–२ को पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । बडा दसैंको अवसरमा आज विद्यालय परिसरमा आयोजित कार्यक्रममा उक्त विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्र, तह र तप्कामा कार्यरत पूर्व विद्यार्थी, पूर्व शिक्षक र पूर्व कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले विद्यालयमा अध्ययन गर्दाका आफ्ना अनुभव सुनाएका थिए ।
पूर्व विद्यार्थी तथा उर्लाबारी–२ का वडाध्यक्ष राजनकुमार कँडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पूर्व विद्यार्थीहरु वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राई र वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की विशिष्ट अतिथि रहेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूमिराज प्याकुरेलले भेलाको उद्देश्य र विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रधानाध्यापक प्याकुरेलका अनुसार आगामी मंसिर २६ गते विद्यालयको ६६ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको उनले बताए । वार्षिकोत्सवको अवसरमा विद्यालयका स्मारिका समेत प्रकाशन गरिने प्रअ प्याकुरेलले जानकारी गराए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय