
निर्मल कुलुङ
विपनी त तिम्रै हो सपनी नी तिम्रै
मेरा दिलका खुशीहरू तिम्रै नै हुन् तिम्रै ।




हृदयको रोधीघरमा तिम्रै मिठो गीत छ
सधै सधै खुशी भर्ने अति मिठो प्रीत छ
यो ओठ त तिम्रै हो मुस्कान पनि तिम्रै
मेरा दिलका खुशीहरू तिम्रै नै हुन् तिम्रै ।
तिमी हाँसे खुशी फुल्छ मुस्कुराए जुन
सँगै बसी मिठो बोल्दा गुञ्जीरन्छ धुन
यो गुराँस त तिम्रै नै हो बहार पनि तिम्रै
मेरा दिलका खुशीहरू तिम्रै नै हुन् तिम्रै ।
अध्यक्ष, उर्लाबारी गजल मञ्च
मोरङ, नेपाल