
उर्लाबारी, १४ असोज
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रतिबद्धता अनुरुप मंगलबारे क्षेत्रमा शुक्रबारबाट नियमित खानेपानी आपूर्ति हुन थालेको छ । मंगलबारे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिएपछि २४ सै घण्टा खानेपानी आपूर्ति हुन थालेको हो ।
खानेपानी आपूर्ति नियमित हुनुका साथै अब उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने भएका हुन् । उर्लाबारी नगरपालिकाले खानेपानी निर्देशक समिति बनाएर नगरका सवै वडामा खानेपानी पु¥याउने अभियानमा लागिपरेको छ । उर्लाबारीका सबै खानेपानी आयोजनालाई ‘मर्ज’ गराई एकीकृत खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।