About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ असोज
मोरङको उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा २९ औं युङ्ने (अष्टशील) ब्रतको तयारी गरिएको छ । वर्तमान र भावी सन्तानको चिरायु, दीर्घायु, सु–स्वास्थ्य, समृद्धि र प्रगतिको कामना गर्दै बौद्ध धर्म परम्परा अनुसार असोज १७ देखि २० गतेसम्म युङ्ने ब्रत आयोजना गरिएको हो ।
गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङका अनुसार यो ब्रत बस्नाले रोग, पीडा र दुःखबाट मुक्ति पाइने विश्वास गरिएको छ । ब्रत कार्यक्रम अनुसार असोज १७ गते बेलुका ४ बजे गुम्बामा भेला हुने, १८ गते बिहान ५ गते शिल ग्रहण गर्ने, १९ गते मौन ब्रत बस्ने र २० गते बिहान ९ बजे समापन गरिने जनाइएको छ ।
ब्रत बस्न प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागीहरु आउने कार्यक्रम संयोजक विष्णुकुमार तामाङले जानकारी दिए । ब्रतका समयमा विद्धान लामा गुरुहरुबाट धर्मदेशना साथै युङ्ने विषयविज्ञ गुरु तेन्जिङ लामा दार्जिलिङको नेतृत्वमा सञ्चालन हुने अध्यक्ष महेन्द्रजंग तामाङले बताए । दसैंको अवसरमा नेपाल बौद्ध गुम्बामा वर्षेनि युङ्ने ब्रतको कार्यक्रम आयोजना गरिँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय