About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ असोज
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनीकरण सम्बन्धी कार्यक्रम तथा खेलकुद कार्यक्रम आज उर्लाबारीमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको आयोजनामा उर्लाबारी भ्याट्रन व्याडमिन्टन क्लबमा कार्यक्रम सम्पन्न भएको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले नेपालमा आत्महत्याको अवस्था, आत्महत्याका कारण र न्युनीकरणका उपायका बारेमा जानकारी गराएका थिए । उनले समाजमा शान्तिसुरक्षा कायम गर्न समुदायको पनि उत्तिकै भूमिका हुने भएकोले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाइएको बताए । यसका लागि उर्लाबारीमा नगर स्तरीय र वडा स्तरीय समिति गठन भएको र यसलाई टोलटोलमा विस्तार गर्ने बताए ।
प्रमुख अतिथि नगर प्रमुख खरेलले अपराध नियन्त्रणमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए । अपराध गर्ने जो कोही कारबाहीको दायरामा आउनु पर्ने बताउँदै मेयर खरेलले कसैको भनसुन र दबाबका भरमा दोषी उम्कन नहुने बताए । कार्यक्रमको औचित्यका बारेमा उर्लाबारी भ्याट्रन क्लबका सचिव दुर्गाप्रसाद पौडेलले प्रकाश पारेका थिए । आजै व्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय