About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ असोज
समझदारी बचत तथा ऋण सहकारी संस्था उर्लाबारी–४ को १२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शेखरनाथ दाहालको अध्यक्षतामा उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा संस्थाका सचिव जीवन बस्नेतले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिनेश पोख्रेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक धनपति तिम्सिनाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको सहसचिव लक्ष्मीप्रसाद दाहालले जानकारी दिए ।
६५२ शेयर सदस्य रहेको समझदारी साकोसको ५३ लाख ६४ हजार ४ सय रुपैयाँ शेयर पुँजी रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक वर्ष २०७८।०७९ मा ३५ लाख ८८ हजार ११७ रुपैयाँ आम्दानी र ३१ लाख ३७ हजार १०९ रुपैयाँ खर्च गरी ४ लाख ५१ हजार ७ रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष पोख्रेलले बताए । साधारणसभामा ज्येष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्नेलाई सम्मान गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय