About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ असोज
उर्लाबारीमा आज दोस्रो दिन पनि बजार अनुगमन गरिएको छ । आज दुर्गापुरी र बरगाछीका विभिन्न पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा कतिपय पसलमा म्याद नाघेका खाद्यलगायत सामग्री भेटिएपछि अनुगमन टोलीले जफत गरेको छ । उर्लाबारी नगरपालिकाले दुर्गापुरी र बरगाछीका विभिन्न किराना, खाद्यान्न पसलमा अनुगमन गरेको हो ।
नगरपालिकाका अधिकृत मुरारीप्रसाद घिमिरेको नेतृत्वमा इलाका प्रशासन कार्यालय उर्लाबारीका अधिकृत किशोर आचार्य, नगरपालिकाका अधिकृत भरत अधिकारी, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र भट्टराई, उर्लाबारी उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, नगर प्रहरी प्रमुख यामबहादुर कार्कीलगायतको अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।


उपभोग्य मिति सकिएका सामग्री बिक्री वितरण गर्न नहुने, सामानहरुको मूल्य सुची सबैले देख्ने ठाउँमा राख्न, आफ्नो व्यापार, व्यवसायको साइनबोर्ड अनिवार्य राख्नु पर्ने, व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने, दर्ता भएका व्यवसायहरु तोकिएको समयभित्र नवीकरण गर्नुपर्ने, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करामा अनिवार्य दर्ता भएको हुनुपर्नेलगायत सूचना प्रकाशन प्रशारण गरेपनि कतिपय व्यापारीले अटेर गरेको पाइएको अनुगमन समितिका सदस्य भरत अधिकारीले बताए । उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय