About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ असोज
न्यायिक समितिका कामलाई व्यवस्थित र वैज्ञानिक ढंगले प्रभावकारी बनाउने उद्देश्यले उर्लाबारी नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुलाई एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मेयर गंगाप्रसाद खरेलले उद्घाटन गरे ।
तालिममा मेलमिलापकर्ताको गुण, आचरण, महत्व, आवश्यकता, व्यवहारिक ज्ञान, कानुनी मस्यौदा, मेलमिलाप गर्न हुने विवाद, न्यायिक समितिले हेर्न हुने विवाद, मेलमिलापका चरणहरु आदि विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना खतिवडा पौडेलले न्यायिक समितिका कामहरू प्रभावकारी बनाउने र नगरपालिकाका प्रत्येक वडा – वडामा आउने विवादलाई मेलमिलापकर्ताको माध्यमबाट छिटो छरितो ढंगले समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनले भनिन्, ‘विभिन्न विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्दा प्रभावकारी हुन्छ, वडाका जनताबीच हार्दिकता ल्याउने गरी काम गर्न मेलमिलापकर्तालाई आग्रह गर्न चाहन्छु ।’ यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता गणेशराज लुइटेलले मुद्दाभन्दा मेलमिलापमै जोड दिन मेलमिलापकर्ताहरुलाई सुझाव दिए । उनले अहिले सबै निकायहरुमा मेलमिलापको माध्यमबाट अन्यायमा परेका व्यक्तिलाई न्याय दिने काम भैरहेको उल्लेख गरे ।
अभिमुखिकरणमा उर्लाबारी नगरपालिकाका नौ वटै वडाका जनप्रतिनिधि, वडा सचिव र मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । न्यायिक समिति सदस्य अमृता दासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अधिवक्ता लुइटेलले गरेका थिए । उर्लाबारी नगर नगरकार्यपालिका न्यायिक समितिको आयोजनामा भएको कार्यक्रमलाई समितिका सदस्य रुद्र लामिछानेले सञ्चालन गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय