
उर्लाबारी, ७ असोज
हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारी–५ ले शेयर सदस्यहरुको सुविधालाई ध्यान दिँदै व्यवस्थित र मर्यादित तरिकाले साधारणसभा सुरू गरेको छ । आजदेखि सुरु २६ औं वार्षिक साधारणसभा १० गतेसम्म हुने अध्यक्ष डिवी थापाले जानकारी दिए ।
विभिन्न केन्द्र तोकेर साधारणसभा सुरु गरिएको हो । आज उर्लाबारी वडा नं. ५, ६ र ७ का शेयर सदस्यहरुलाई लक्षित गरी संस्थाको कार्यालयमा साधारणसभा सम्पन्न भएको छ । यस्तै, असोज ८ गते उर्लाबारी–१ का शेयर सदस्यका लागि शारदा मावि झारसाँदीमा, मिक्लाजुङका शेयर सदस्यका लागि बक्राहा मावि खामेझोडामा, उर्लाबारी–८ र ९ का शेयर सदस्यका लागि शिशु शिक्षा सदन दुर्गापुरीमा र रतुवामाईका शेयर सदस्यका लागि राष्ट्रनिर्माण बोर्डिङमा केन्द्र तोकी साधारणसभा गर्ने अध्यक्ष थापाले बताए ।
यस्तै, असोज ९ गते उर्लाबारी–४ का शेयर सदस्यका लागि उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी वडा नं. २ र ३ तथा पथरीशनिश्चरेका शेयर सदस्यका लागि दुर्गा मन्दिर उर्लाबारी–३ म केन्द्र कायम गरिएको कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले बताए । यी सबै केन्द्रमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सहभागिताका लागि संस्थाले शेयर सदस्यहरुलाई आग्रह गरेको छ । संस्थाको पूर्ण साधारणसभा असोज १० गते घटस्थापनाको दिन संस्थाको सभाहलमा हुने कोषाध्यक्ष भट्टराईले बताए ।