About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ६ साउन
मोरङमा आज २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर जाँचमा १३५ र एन्टिजेन परीक्षणमा ९५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पिसिआर परीक्षण पोजेटिभ आएका मध्ये विराटनगरका ३२, पथरीशनिश्चरेका ४१, बेलबारीका २१, लेटाङका १७, सुन्दरहरैँचाका ९, उर्लाबारीका ७, बुढीगंगाका ३, रंगेली, कटहरी, कानेपोखरी, धनपालथान र मिक्लाजुङका १÷१ जना रहेका छन् ।
प्रदेश १ मा आज पिसिआर विधिबाट ४६७ र एन्टिजेन विधिबाट ४७१ जना गरी ९३८ को रिपोर्ट पोजेटिभ आएको छ । आज ३५७ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय