About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ असोज
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको अगुवाईमा बिहिबार खरेल बन्धुहरुको भेटघाट तथा बृहत भेला सम्पन्न भएको छ । उर्लाबारी–७ स्थित परोपकार सेवा केन्द्र परिसरमा श्री वशिष्ठ आश्रम खरेल प्रवद्र्धन समितिको भेटघाट तथा बृहत भेला भएको हो ।
भेलामा खरेल बन्धुहरुको पृष्ठभूमि तथा कुल देवता लगायत वशिष्ठ गोत्रहरुको अध्ययन र छलफल गरी भाइचाराको सम्बन्धमा लैजाने विषयमा छलफल भएको थियो । बन्धु भेलाले सद्भाव कायम राख्दै आउने दिनमा बन्धुत्वको विकास गर्दै लैजाने कुरामाा छलफल गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै मेयर खरेलले अझ प्रगाढ माया र भाइचाराको सम्बन्ध स्थापना गर्न तथा सामाजिक चेतना र सेवाको भावनालाई एकै सुत्रमा बाध्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा मोरङ, सुनसरी, झापा र उदयपुरका खरेल बन्धुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय