About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ असोज
उर्लाबारीमा आज बजार अनुगमन गरिएको छ । उर्लाबारी नगरपालिकाले मंगलबारेका किराना, खाद्यान्न, होटल तथा मिठाइ पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका केही खाद्य बस्तु फेला पारेर त्यस्ता वस्तु नबेच्न सचेत गराइएको थियो । पहिलेभन्दा अहिले व्यापारीहरु सचेत रहेको पाइएको अनुगमन समितिका सदस्य तथा उर्लाबारी नगरपालिकाका अधिकृत भरत अधिकारीले जानकारी दिए ।
अनुगमनमा नगर उपप्रमुख मीना खतिवडा पौडेलसहित नगरपालिकाका अधिकृत मुरारीप्रसाद घिमिरे, भरत अधिकारी, इलाका प्रशासन कार्यालय उर्लाबारीका अधिकृत किशोर आचार्य, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक टेकबहादुर श्रेष्ठ, उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष यमलाल रसाइली, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, नगर प्रहरी प्रमुख यामबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।
उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । भोलि शुक्रबार उर्लाबारी बजारमा अनुगमन गर्ने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय