About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

             काठमाडौं, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टी प्रवेश गराउनुभयो । उहाँले एमाले प्रवेश गर्न पाउदा हर्षबिभोर बनेको प्रतिक्रिया दिनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमाले जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाँउदा खुशी भएको सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।


आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उहाँले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताउनुभयो ।देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताउनुभयो ।
विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताउनुभयो । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उहाँले बताउनुभयो ।खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिनु भएको थियो । नेपाल प्रहरीका हाइ प्रोफाइल एमालेमा प्रवेश गरेको यो पहिलो पटक हो ।जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको जसपाले आरोप लगाएको थियो ।खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही। १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गर्नुभएको छ ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय