About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ असोज
मोरङको उर्लाबारीमा उर्लाबारी च्यालेन्ज कप फुटबल टुर्नामेन्ट २०७९ सुरु भएको छ । प्रतियोगिताको आज नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गरे ।
राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी निलो विजयी भएको छ । अमरदह स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले हराउँदै उर्लाबारी विजयी भएको हो ।
उर्लाबारी नगरपालिका, ६ नम्बर वडा कार्यालय र सिद्धार्थ एग्रिकेटले मुख्य प्रायोजन गरेको प्रतियोगिता असोज १४ गतेसम्म सञ्चालन हुने आयोजक उर्लाबारी युवा क्लबले जनाएको छ । उद्घाटन कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिव बुढाथोकी, फुटबल संघ मोरङका पूर्व अध्यक्ष दिपेन्द्र धिमाल, व्यवसायी सचिन शाक्यलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय