About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ असोज
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकेको आयोगले जनाएको छ ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय रहने स्थान निर्धारण भएको छ । क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिका, क्षेत्र नं. ३ को बेलबारी नगरपालिका तथा क्षेत्र नं. ४, ५ र ६ को जिल्ला सदरमुकाम विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले निर्णय गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय