About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ असोज
आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस उर्लाबारीमा दीपप्रज्वलन गरी मनाइएको छ । संविधान दिवसको अवसरमा उर्लाबारी नगरपालिकाद्वारा सोमबार साँझ उर्लाबारीको मुख्य चौकमा दीपप्रज्वलन गरिएको हो । कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सुरक्षाकर्मी, पेशाकर्मी, विद्यार्थी संगठनका प्रतिनिधिहरु, नगर प्रहरी, कर्मचारी, संचारकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।
सो अवसरमा नगर प्रमुख खरेलले जनजीविकाको सवालमा उल्लेखनीय कार्यहरु गर्नुपर्ने अपेक्षा व्यक्त गर्दै संविधानको सर्वोच्चताले सुखी र समृद्ध नेपाल बन्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘वर्तमान संविधानलाई असफल बन्न दिनु हुँदैन । बरु यसको सर्वस्वीकार्यता बढाउनेतर्फ लाग्नु आवश्यक छ ।’ नागरिक आफैँपनि आफ्नो अधिकारबारे चनाखो हुनुपर्ने अवस्था आएको बताए ।
यसैबीच साँझ नै उर्लाबारी नगरपालिका परिसरमा पनि नेपालको नक्सा बनाएर दीपप्रज्वलन गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय