About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ असोज
उर्लाबारी रन २०७९ को उपाधि धरानका राजकुमार सेर्मा र धरानकै छेन्बीमाया राईले जितेका छन् । संविधान दिवसको अवसरमा सामुदायिक विकास मञ्च उर्लाबारी–६ ले आयोजना गरेको १० किलोमिटर उर्लाबारी रनमा पुरुषतर्फ सेर्मा र महिलातर्फ राईले उपाधि जितेका हुन् ।
पुरुषतर्फ सेर्माले निर्धारित दुरी ३२ मिनेट ३२ सेकेण्डमा पार गरेका थिए । यस्तै, पुरुषतर्फ दोस्रो अर्घाखाँचीका शिव रायमाझी (३३ मिनेट २१ सेकेण्ड), तेस्रो काठमाडौंका मिलन कार्की (३३ मिनेट ३८ सेकेण्ड) र चौंथो काठमाडौंकै टंकबहादुर कार्की (३४ मिनेट २३ सेकेण्ड) भए ।
महिलातर्फ प्रथम भएकी राईले ४३ मिनेट ३५ सेकेण्डमा उक्त दुरी पार गरिन् । महिलातर्फ दोस्रो कल्पना राई, तेस्रो जमुना लिम्बू र चौंथो निक्की नेम्बाङ भए । पुरुष र महिला खुलातर्फ प्रथम, दोस्रो, तेस्रो र चौंथोले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।


यस्तै, भेट्रान पुरुषतर्फ मंगल तामाङ प्रथम, हेमन्तप्रसाद लावती दोस्रो, मनिराज याक्खा तेस्रो र निर्मल राई चौंथो भए । भेट्रान महिलातर्फ मन्जु श्रेष्ठ प्रथम, चतनु राई दोस्रो र नानीमाया धिमाल तेस्रो भए । भेट्रानतर्फ प्रथम, दोस्रो, तेस्रो र चौंथोले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र वितरण गरियो ।


यसैगरी, १५ वर्षमुनिका बालबालिकातर्फ ३ किलोमिटर दौडमा बालिकातर्फ नानीमाया तामाङ प्रथम, प्रतिमा धिमाल दोस्रो, अविशा धिमाल तेस्रो, मन्जु लिम्बू चौंथो र शिवानी पौडेल पाँचौं भए । बालकतर्फ सन्दिप तुम्बापो प्रथम, अमन राई दोस्रो, सरोज सिंह तेस्रो, करन लिम्बू चौंथो र राजेश लिम्बू पाँचौं भए । बालक र बालिकातर्फ विजेताहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, राजनीतिक दलका स्थानीय प्रमुखहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उर्लाबारी रनलाई सफल बनाउन सहयोग पु¥याउने सबैलाई आयोजक सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संयोजक प्रेम बोहोराको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य निर्मला नेपालले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय