About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ असोज
निजी विद्यालयमा संलग्न विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक तथा कर्मचारीद्वारा सञ्चालित सुन्दरफूल बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उपेन्द्र कँडेलको सभापतित्वमा भएको साधारणसभामा सचिव सन्तोष बस्नेतले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुरेन्द्र सुवेदीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक उद्धव निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यी सबै प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको कोषाध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिए । साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । संस्थाले शिक्षणतर्फ सप्तकोशी बोर्डिङका कृष्णबहादुर बस्नेत र कर्मचारीतर्फ सोही विद्यालयका कृष्णप्रसाद निरौलालाई दीर्घ सेवा सम्मान गरेको छ । यस्तै, संस्थागत विद्यालयतर्फ कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने वाल्मीकि बोर्डिङका सुप्रिम सुवेदी र कक्षा १२ मै उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका सन्तति आश्विना न्यौपानेलाई सम्मान गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।
उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई, मिक्लाजुङ क्षेत्रका ७३ विद्यालयका ४६८ जना शेयर सदस्य रहेको सुन्दरफूल सहकारीको शेयर पुँजी २० लाख ५७ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक वर्ष २०७८।०७९ मा ४४ लाख ९० हजार ९४१ रुपैयाँ आम्दानी र ४० लाख ५१ हजार ४७२ रुपैयाँ खर्च गरेको जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय