About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असाेज
सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीले आगलागीबाट सर्वस्व गुमाएका मोरङ मधुमल्लाका एकजना व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

मिक्लाजुङ गाउँपालिका – ९ मधुमल्ला बस्ने रन्जित शाहलाई सुदर्शन सहकारीका तर्फबाट कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल, लेखा सदस्य सचिनकुमार गुप्ता रौनियार र आर्थिक प्रशासन प्रमुख नरेन सेर्माले नगद २० हजार प्रदान गरेका छन् ।

संस्थाका शेयर सदस्यसमेत रहेका शाहलाई कल्याणकारी राहत योजना अन्तर्गत नगद उपलब्ध गराइएको सहकारीका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

आइतबार घटनास्थलमै पुगेर पीडितलाई सान्तवना दिदै आगलागीबाट धनमालको क्षति भएकोप्रति संस्थाका तर्फबाट दुःख प्रकट गरिएको पौडेलले जनाए।

यस्तै प्रतिकुल अवस्थाको सामना गरी अघि बढ्न पनि शाहलाई सुदर्शन सहकारीले एक पत्रमार्फत शुभेच्छा प्रकट गरेको थियो ।

गत भदौ ३१ गते शाहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई आगलागी हुँदा घर, मर्मतका लागि राखिएका मोटरसाइकल, पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका थिए ।

आगलागीबाट करिब ५० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ ।सामुदायिक विकासका अलवा मानवीय सेवामा सुदर्शन सहकारीले उल्लेखनीय सेवा पुर्‍याउदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय