About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असोज
मोरङको रतुवामाईमा जितिया पर्व विविध कार्यक्रम गरी मनाइएको छ । तराईका महिलाको महान पर्व जितियाको अवसरमा विविध साँस्कृतिक कार्यक्रम गरिएको हो ।
थारु समाज परिवार रतुवामाई–९ को आयोजनामा ठकठकियामा आयोजित कार्यक्रम नृत्य, गायन, हास्यव्यङ्ग्य प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जक बनाएको आयोजक समितिका नरेश धामीले बताए । अञ्जित धामी थारुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बलबहादुर बस्नेतसहित अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।


वृहत रुपमा भएको साँस्कृतिक कार्यक्रममा गायिका गीता चौधरी, गायक नन्दु गुरुङ, उदयमान गायक बुद्ध मुर्मु, हास्यकलाकारहरु बिक्रम कार्की, राकेश कमेडीलगायतले सहभागीलाई मनोरञ्जन दिलाएका थिए । यस्तै, नेपाल दर्शन कलेज उर्लाबारीकी छात्रा तथा मिस उर्लाबारी २०२२ दिया दाहाल, स्थानीय कलाकारको नृत्यले कार्यक्रममा उर्जा थपेको थियो ।


नेपाल दर्शन कलेजका सहप्राचार्य दुर्गाप्रसाद पौडेलले औपचारिक र नेपाल दर्शन कलेजकै विद्यार्थीहरु मुकुन्द निरौला र अमिशा कट्टेलले अनौपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरिएको जनता माविका शिक्षक प्रल्हाद कट्वालले जानकारी दिए । सन्तानको दीर्घायु तथा पारिवारिक सुख समृद्धिको कामना गरी महिलाले यो पर्वमा विधिवत ब्रत बस्ने गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय