About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २ असोज
सत्ता गठबन्धन दलहरूले अन्य जिल्लामा सिट बाँडफाँट टुंग्याए पनि ताप्लेजुङमा भने सकेनन् । कारण थियो ‘नेकपा एमालेका सचिव योगेश भट्टराईको जिल्ला ।’
यस अघिको चुनावमा प्रतिनिधिसभा निर्वाचनमा राम्रो मत ल्याएर विजयी बनेका योगेशको यसपटक पनि उठ्ने तयारी छ । जिल्लाबाट सिफारिस भएर पनि आएका छन् । एमालेले टिकटको प्रक्रिया टुंग्याउन बाँकी नै छ । यसकै कारण ताप्लेजुङमा पनि सत्ता गठवन्धन दल अलमतमा परेका हुन् ।
एमालेको राम्रो पकड भएको ताप्लेजुङमा नेपाली कांग्रेस योगेशले टिकट नपाए मात्रै आफ्नो उम्मेदवारलाई टिकट दिने सोचमा छ । नत्र, मात्रै माओवादीलाई टिकट दिने कांग्रेसको तयारी रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । काँग्रेसका एक केन्द्रीय नेता भन्छन्, ‘योगेशले टिकट पाए जित्छन् । यो अवस्थामा कांग्रेसले हराउन आफ्नो उम्मेद्वार उठाउँदैन । योगेशले टिकट पाए माओवादीलाई यो जिल्ला दिने हो । यदि टिकट पाएनन् भने मात्रै कांग्रेसले आफ्नो उम्मेदवार खडा गर्नेछ ।’
अहिले नेपाली कांग्रेस र माओवादी ताप्लेजुङका नेता काठमाडौंमा छन् । काग्रेसको आन्तरिक तयारी योगेश नउठे मात्रै ताप्लेजुङ आफ्नो भागमा पर्ने भए पनि माओवादीका जिल्ला स्तरिय नेता भने जुनै अवस्थामा भए पनि आपूmहरूले टिकट पाउनुपर्ने ढिटमा देखिन्छन् । यसले पनि जिल्लामा सत्ता गठबन्धन भित्र खटपट देखिएको थियो । तर, निर्णय काग्रेसको हातमा भएकाले ताप्लेजुङको सन्दर्भमा भने अहिले पर्ख र हेरको अवस्थामा रहेको कांग्रेस नेता बताउँछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय