About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक उम्मेद्वार छानेको छ । आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० जनाको नामावली पारित गरेको हो ।
प्रतिनिधिसभाका ११० उम्मेद्वार मध्ये आदिवासी जनसातितर्फ १६ महिला, १६ पुरुष, खस आर्यतर्फ १७ महिला, १७ पुरुष, थारु ४ महिला ३ पुरुष, दलित ८ महिला, ७ पुरुष, मधेसीतर्फ नौ महिला, आठ पुरुष, मुस्लिमतर्फ ३ महिला, २ पुरुष छनोट गरेको हो ।
यस्तै प्रदेश नम्बर १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ ।
लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् । सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् । छनोट गरेका नामहरूमा असोज १६ गतेसम्म फेरबदल हुनसक्ने एमालेले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय