About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ भदौ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको नामावली प्रकाशित भएको हो ।
जसअनुसार मोरङको उर्लाबारीमा गत स्थानीय तह निर्वाचनभन्दा २ हजार २९० मतदाता थपिएका छन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकामा ४४ हजार २७२ मतदाता रहेका थिए । आयोगले आज प्रकाशित गरेको नामावलीमा उर्लाबारीमा ४६ हजार ५६२ मतदाता रहेका छन् ।
उर्लाबारी–१ मा ३२७, वडा नं. २ मा ३९६, वडा नं. ३ मा ३२२, वडा नं. ४ मा २९९, वडा नं. ५ मा १४९, वडा नं. ६ मा २५८, वडा नं. ७ मा २२९, वडा नं. ८ मा १७७ र वडा नं. ९ मा १३३ मतदाता थपिएका छन् ।
मतदाता थपिएसँगै अब उर्लाबारी–१ मा ५ हजार ५०१, वडा नं. २ मा ५ हजार ९५२, वडा नं. ३ मा ४ हजार ७८७, वडा नं. ४ मा ६ हजार २३८ मतदाता मतदान गर्न योग्य भएका छन् । यस्तै, वडा नं. ५ मा ३ हजार ३२, वडा नं. ६ मा ३ हजार ५१८, वडा नं. ७ मा ६ हजार २७१, वडा नंं ८ मा ५ हजार ७२९ र वडा नं. ९ मा ५ हजार ५३४ जना मतदाता कायम भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय