About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ साउन
कमेडी च्याम्पियन सिजन २ मा दमदार प्रस्तुति दिएर सबैको मन जित्न सफल प्रतिस्पर्धी भरतमणि पौडेलले ६ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । पूर्व मन्त्री एवम् ताप्लेजुङका सांसद योगेश भट्टराईको अग्रसरता र संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो ।
आफ्नो जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए । सांसद भट्टराईको संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका विभिन्न संघसंस्थाका प्रतिनिधिको एक भेलाले पुरस्कार घोषणा गरेको हो । सो भेलामा सांसद भट्टराईले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने बताए ।
भट्टराईले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो । पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ । ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा पुगेका छन् । उनले बारम्बार उत्कृष्ट प्रस्तुति दिएर निर्णायकलगायत सबैको मन जित्दै आएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय