About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ भदौ
सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीले विभिन्न विधामा १ सयभन्दा बढीलाई सम्मान गरेको छ । आज उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित सम्मान तथा साधारणसभा समापन कार्यक्रममा तीन पत्रकार, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बाल बचतकर्तालाई सम्मान गरेको हो ।
मोरङको पथरी, मधुमल्ला र झापाको दमकमा सेवा केन्द्र रहेको सुदर्शनले इकाइगत साधारणसभा गरी आज समापन कार्यक्रम गरेको हो । जिल्ला सहकारी संघ अध्यक्ष डिल्ली पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार मदनबाबु प्रसाई, मिलन के राउत र विष्णु पौडेललाई नगदसहित सम्मान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सहकारी अभियान नेपालमा मात्रै नभई विश्वका बिकसित मुलुकहरुमा समेत सफल अभियान भएको र वित्तीय क्षेत्रमा सहकारीको मोडल विश्वमै उदाहरणीय रहेको बताए । नेपालमा करिब ३० हजार सहकारी संस्थाहरु मार्फत ७६ लाख नागरिकहरु सहकारी अभियानमा जोडिएको उनले बताए ।
उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सहकारी आर्थिक विकासको मेरुदण्ड भएपनि यसलाई सही व्यवस्थापन गर्न नसके दुर्घटनामा पर्न सकिने बताए । कार्यक्रममा उर्लाबारी–५ का वडाध्यक्ष रविन लामालगायतको आतिथ्यता रहेको थियो । संस्थाका विभागीय प्रमुख नरेन्द्र शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम अध्यक्ष गोपालप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो । ९ हजार ५ सय ८८ शेयर सदस्य रहेको सहकारीमा ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी रहेको कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय