About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० भदौ
उर्लाबारीका ६ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको बजेट परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबारको निर्णयबाट चालु आर्थिक वर्ष २०७९÷०८० मा ती विद्यालयहरुमा बजेट परेको हो ।
उर्लाबारी–१ का नुनसरी आधारभुत विद्यालय र बालज्योति आधारभुत विद्यालयमा ४ कोठे भवन बनाउन दुवै विद्यालयलाई ४५÷४५ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, प्रभात आधारभुत विद्यालयमा २ कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार रुपैयाँ परेको छ ।
यसैगरी, आइसीटी ल्यावका लागि तीन वटा विद्यालय छनोटमा परेका छन् । उर्लाबारी–१ को शारदा माध्यमिक विद्यालय, वडा नं. ९ का राजघाट आधारभुत विद्यालय र सोही वडाको महाराज आधारभुत विद्यालयमा आइसीटी ल्यावका लागि प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय